धनकुटामा १४ हजार ६ सय गाँजाका बोट तथा बेर्ना नष्ट
धनकुटा । धनकुटामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा
उम्रेका गाँजाका बोट तथा बेर्ना नष्ट गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अर्न्तगत गाँजाका बोट नष्ट गर्ने अभियान अनुसार कात्तिक २६ गते गांजा नष्ट गरिएको हो ।
इलाका प्रहरी कार्यालय भेडेटार,धनकुटाबाट खटिएको प्रहरी टोलिले जिल्ला धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं-८ र इलाका प्रहरी कार्यालय छिन्ताङ्ग,धनकुटा , प्रहरी चौकी आँखिसल्ला,धनकुटा, प्रहरी चौकी त्रिवेणी, धनकुटाले सहिदभूमि गाउँपालिका वडा नं.-१, ४ र ६ का बिभिन्न स्थानबाट ३० रोपनी जग्गामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका १४,६०० गाँजाका बोट फडानी गरी जलाई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


