धनकुटामा पर्यटकको पर्खाईमा रहेका यी अग्ला सुन्दर तीन झरना(भिडियो सहित)
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं २ र ३ मा केहि सुन्दर झरना रहेका छन् । प्रचार प्रसार अभाबको कारण पर्यटकको नजरमा नपरेका यि झरना निक्कै मनमोहक रहेका छन् ।

करीब एक किलो मिटर आसपास सुन्दर तिन झरना रहेका छन् । वडा नं २ र ३ सिमानामा रहेको लेगुवा खोलामा पचास देखि १०० मिटर अग्ला तिन वटा छाँगा रहेका छन् । प्रशस्त पानी भएकाले निक्कै सुन्दर रहेको छ । त्यस्तै लेगुवा झरना नजिकै वडा नम्बर तिन तर्फ पथ्थरको बिचवाट दुइ झरना झरेका छन् । करीब दुइ सय मिटर अग्लो धोबीखोला झरना रहेको छ । जो पथ्थरमा ठोकीदै झर्दा जो कोहीलाई मोहित पार्छ ।
त्यस्तै सोहि झरना नजिकै अर्को एक सय मिटर भन्दा अग्लो झाक्रि झरना छ । पथ्थरको बिचवाट निस्कीएको पानीले सबैलाई मोहित पार्छ । यो स्थान यति सुन्दर हुदाहुदै पनि आबश्यक प्रचारप्रसार र पुर्बाधार निर्माणको कामले पुर्णता पाउन नसक्दा पर्यटक ज्यादै न्युन आउने गरेको स्थानियको गुनासो छ ।

झरना कोशी राजमार्गको चित्रे बसन्तपुर खण्डको दारेगौडा वाट लेगुवा तर्फको सडक हुदै करीब २० किलो मिटर यात्रा पछि पुग्न सकिन्छ । त्यस्तै लेगुवा वाट भने सोहि सडक हुदै करीब १५ किलो मिटर यात्रा पछि पुग्न सकिन्छ । झरना सम्म पुग्ने पहुचमार्ग, सिढि, झरना हेर्ने झोलुङ्गेपुल लगायतका पुर्बाधार त निर्माण भइसकेका छन् । तर अझै धेरै पुर्बाधार निर्माणको काम गर्न बाकि छ । झरनालाई मुख्य प्रथमिकतमा राखेर काम गरे पनि बजेट अभावका कारण पुर्बाधार निर्माणको काम पुर्ण नभइसकेको तथा प्रचार प्रसार कम भएको वडा नम्बर २ का वडाध्यक्ष पदम रखाल मगर बताउनु हुन्छ ।
त्यसो त अहिले निक्कै कष्टकर यात्रा पछि मात्र झरना पुग्न सकिन्छ । सहज सडक आबश्यक थप पुर्बाधार र प्रचारप्रसार गर्न सके यो पुर्बकै मुख्य पर्यटकिय गन्तबय बन्नेमा दुइमत छैन ।
भिडियोमा हेर्नुहोस् धनकुटाको महालक्ष्मीमा रहेका सुन्दर तिन झरना –


