धनकुटाबाट सुर्योदय र हिमाल हेर्न छथर जोरपाटीको ध्वजे डाँडा (भिडियो सहित)
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका २ मा रहेको ध्वजे डाँडा बहुसास्कृतिक पार्क पछिल्लो समय पर्यटक तान्न सफल भएको छ । पर्यटकिय गन्तब्य बनाउन पुर्बाधार निर्माणको काम तिब्र पारिए संगै ध्वजे डाँडा बहुसास्कृतिक पार्क पर्यटकिय गतब्य बन्न सफल भएको हो ।
तिन बर्ष अघिवाट सुरु गरेको कार्यमा अहिले एक करोड भन्दा बढि खर्च भईसकेको छ । हाल सम्म सो स्थानमा कोशी राजमार्ग वाट डाँडा सम्म पुग्न करिब डेढ किलोमिटर लामो छथर ग्रेटवाल निर्माण गरिएको छ । त्यस्तै ध्वजे डाँडामा लिम्बु जातिको सिलाम साक्मा, मगर जातिको खुर्पेटोको प्रतिमा निर्माण गरिएको छ ।
त्यस्तै डाँडामा नेपालको राष्ट्रिय झण्डा, लभस्टेसन निर्माण गरिएको छ । ध्वजे डाँडालाई छथर जोरपाटी गाँउपालिकाको मुख्य पर्यटकिय गन्तब्य बनाउन आफुहरु नयाँ सोचका साथ लागि परेको गाँउपालिका अध्यक्ष छत्र सुब्बाले जानकारी दिनु भयो ।
संघ र प्रदेश सहित दाताहरुको सहयोगमा पालिका भित्रका सबै जातजातीको पहिचान झल्कने गरिका थप स्तम्भ निर्माण गरिने उहाँको भनाई छ । यो डाँडा करीब २३०० मिटरको उचाईमा रहेको छ । मौसम खुलेको समयमा गौरीसंखर देखि मकालु सम्मका बिभिन्न हिमसिखर तथा कंचनजंघा हिमाल सहित सुर्योदय र सुर्यस्तको सहित बिभिन्न मनोरम दृष्य अवलोकन गर्न पाईन्छ ।


