धनकुटामा सांसद राईले दिए १० जनालाई ह्वीलचियर

धनकुटा, २९ कात्तिक । पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले अपाङ्गता भएका धनकुटाका १० जना व्यक्तिहरूलाई ह्वीलचियर प्रदान गरेका छन् । सांसद राईले चौबिसे गाउँपालिकाका छ, पाख्रीवासका दुई तथा सहिदभूमि र धनकुटा नगरका एक÷एक जना व्यक्तिलाई ह्वीलचियर दिएका हुन् ।

अपाङ्गता भएका सहिदभूमि–२ का तिर्थभक्त राईलाई सांसद राईले ह्वीलचियरसहित आफ्नो पारिश्रमिकबाट नगद २५ हजार सहयोग पनि गरेका छन् । उनले चौबिसेकी कान्छीमाया लिम्बू, देविमाया राई, मिकमायाँ माझी, शान्तकुमारी लिम्बू, कृष्णकुमारी राई र सम्झना विश्वकर्मालाई ह्वीलचियर प्रदान गरेका छन् । धनकुटा नगरका ज्यूबहादुर राई तथा पाख्रीवासका पर्शुराम शर्मा र लक्ष्मीमायाँ थापालाई ह्वीलचियर प्रदान गरिएको छ । एमाले केन्द्रिय सदस्यसमेत रहेका सांसद राईले अपाङ्गता भएका व्यक्तिहरूलाई हिँडडुल गर्न सजिलोका लागि ह्वीलचियर प्रदान गरेको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए ।

उनका अनुसार सांसद राईले पाख्रीवास–७ स्थित प्रगति सेवा समाजलाई पनि सहयोग गरेका छन् । राज्यमार्फत आफूले पाउने पारिश्रमिकबाट सांसद राईले सो समाजको भवन निर्माणका लागि जग्गा खरिद गर्न एक लाख नगद प्रदान गरेका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖