धनकुटामा भोलि सार्बजनिक बिदा
धनकुटा । धनकुटाको धनकुटा नगरपालिकाले भोलि कार्तिक ३० गते सार्बजनिक बिदा दिएको छ ।
वाडाङ्मेट चाडको अवसरमा नपाले भोलि स्थानिय बिदा दिएको हो ।
भोलि नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय तथा नगरपालिका क्षेत्र भित्रका नगरस्तरीय कार्यालयहरु तथा नगर क्षेत्र भित्रका सम्पूर्ण विद्यालयहरुमा स्थानीय विदा दिइएको नपाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईद्वारा हस्ताक्षरित जारी सुचनामा उल्लेख छ ।



