धनकुटामा गाँजाका बोट तथा बेर्ना नष्ट
धनकुटा । धनकुटामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा
उम्रेका गाँजाका बोट तथा बेर्ना नष्ट गरिएको छ ।
आज इलाका प्रहरी कार्यालय छिन्ताङ्ग,धनकुटा , प्रहरी चौकी आँखिसल्ला,धनकुटा र प्रहरी चौकी त्रिवेणी, धनकुटाबाट खटिए गएको प्रहरी टोलिले सहिदभूमि गाउँपालिका वडा नं १, ३ र ६ का बिभिन्न स्थानबाट २० रोपनी जग्गामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका ११ हजार १ सय ५० गाँजाका बोट फडानी गरी जलाई नष्ट गरिएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अर्न्तगत गाँजाका बोट नष्ट गर्ने अभियान अनुसार नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


