ओझेलमा धनकुटाको शिर पटेक डाँडा(भिडियो सहित)

धनकुटा । धनकुटाकै सबै भन्दा अग्लो स्थान हो पटेक डाँडा । २७०२ मिटरको उचाईमा रहेको यो डाँडा धनकुटाको शिरको रुपमा रहेको छ ।


यो स्थान सरकारको १०० पर्यटकिय गन्तव्य सूचीमा समेत सुचिकृत छ । बिभिन्न हिमाल, पुर्बका अधिकांश जिल्ला, पहाडको मनोरम दृष्य देखिने मालिङ्गोले घेरेको डाँडो निक्कै आकर्षक छ तर पर्यटकिय सिजनमा पनि पटेक डाँडामा पर्यटक नआउदा प्राय सुनसान हुन्छ । यो सिजनमा पर्यटकहरु बिभिन्न स्थान घुम्न गइरहदा धनकुटाकै ममुख्य पर्यटकिय गन्तब्य पटेक डाँडा भने ओझेलमा परेको छ ।

प्रयाप्त पर्यटकीय पूर्वाधार तथा प्रचारप्रसारको कमीले पटेक डाँडा पर्यटक नआएको स्थानिय मुडु शेर्पा बताउनु हुन्छ । यो डाँडो चार पालिकाको सिमा क्षेत्र पनि हो । धनकुटाको महालक्ष्मी नगरपालिका, छथर जोरपाटी गाँउपालिका तथा तेह्रथुमको लालिगुराँस नगरपालिका र छथर गाँउपालिका पटेक डाँडामा जोडिएका छन् । चारै पालिकाले बेवास्ता गर्दा पुर्बाधार निर्माण र प्रचारप्रसारको काम हुन नसकेको शेर्पाको भनाई छ ।


कोशी राजमार्गमा पर्ने सिधुवा बजार नजिकै रहेको यो डाँडामा करीब ३० मिनेटको पैदल यात्रा पुग्न सकिन्छ । त्यस्तै नुनथलावाट समेत पुग्न सकिन्छ । प्रदेश सरकारको सहयोगमा महालक्ष्मी नगरपालिकाले नुनथला वाट तथा छथर जोरपाटीले सिधुवा वाट सिढी निर्माण गरे पनि पुरा हुन सकेको छैन । दुबै तर्फका सिढी आधा मात्र निर्माण भएका छन् । थप पुर्बाधार निर्माणको लागि बजेट माग गर्दा नआएकोले पुर्बाधार निर्माणको काम थप अघि बढ्न नसकेको पालिका प्रमुखहरुको भनाई छ ।

डाँडामा नेपाल टेलिभिजन, नेपाल टेलिकम आदिका टाबर राखिएको छ । ति टाबर सुरक्षार्थ नेपाली सेनाले राखेको तार समेत ननिकाल्दा त्यहाँ पुग्ने पर्यटक समस्यामा पर्ने गरेको स्थानियको गुनासो छ । पटके डाँडा धनकुटाको सबैभन्दा बढी उचाइ भएको स्थान हो । यो डाँडाबाट मकालु र कुम्भकर्ण हिमश्रृंखलासहित पुर्बका बिभिन्न जिल्लाको अधिकाशं स्थान देख्न सकिन्छ । यो डाँडा खासगरी सूर्योदय र सूर्यास्त अवलोकनका लागि प्रख्यात छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।