धनकुटामा आर्थिक रुपले विपन्न याख्खा परिवारलाई जस्तापाता हस्तान्तरण

धनकुटा,३० कार्तिक । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का शुक्रबहादुर याख्खाको परिवारलाई जस्तापाता वितरण गरिएको छ ।
आर्थिक रुपले विपन्न याख्खा परिवार बस्दै आएको घर जिर्ण भएको र कतै बाट समेत सहयोग नभएकोले सबै मिलेर जस्तापाता खरिद गरि हस्तान्तरण गरिएको सहयोगी तथा शिक्षक बिगेन्द्र याख्खाले जानकारी दिनु भयो ।

मुखको क्यान्सर रोगबाट श्रीमतीको समेत मृत्यू भएको र आर्थिक अवस्था समेत कमजोर भएको साथै अन्य निकाय बाट समेत सहयोग नभएकोले याख्खा परिवार लाई जस्तापाता वितरण गरिएको याख्खाले जानकारी दिनु भयो ।

शुक्रबार धनकुटामा रहेका विभिन्न शिक्षक संगठन, समाजसेवी, बुद्धिजी र स्थानिय २८ जनाको सहयोग बाट ४० हजार बराबरको जस्तापात हस्तान्तरण गरिएको छ ।

याख्खालाई नेपाल उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र लिम्बू, नेपाल शिक्षक महासंघ जिल्ला सचिव घनेन्द्र बहादुर सुब्बा लगायत २८ जनाले सामुहिक रुपमा जस्तापाता शुक्र लिम्बूलाई हस्तान्तरण गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।