धनकुटामा ३० हजार बढी गाँजाका बोट नष्ट
धनकुटा । धनकुटामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा
उम्रेका गाँजाका बोट नष्ट गरिएको छ ।
इलाका प्रहरी कार्यालय भेडेटार,धनकुटाबाट खटिएको प्रहरी टोलिले साँगुरीगढी गाउँपालिका वडा नं-६ र इलाका प्रहरी कार्यालय छिन्ताङ्ग,धनकुटा , प्रहरी चौकी आँखिसल्ला,धनकुटा, प्रहरी चौकी त्रिवेणीले सहिदभूमि गाउँपालिका वडा नं.-२, ५ र ७ का बिभिन्न स्थानबाट ३७ रोपनी जग्गामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका ३० हजार १०० गाँजाका बोट फडानी गरी जलाई नष्ट गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अर्न्तगत गाँजाका बोट नष्ट गर्ने अभियान अन्तर्गत आज उक्त गांजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


