कर दिवसको अवसरमा हिलेमा प्रभात फेरी र अन्तरक्रिया

धनकुटा । कर दिवसको अवसरमा धनकुटाको हिलेमा शनिवार प्रभात फेरी र अन्र्तक्रीया सम्पन्न भएको छ ।

करदाता सेवा कार्यालय धनकुटाको आयोजना,मदिरा तथा थोक व्यावसायी संघ धनकुटा हिलेको समन्वयमा कार्यक्रमलाई सम्बोधन गर्दै धनकुटाका प्रमुख जिल्ला अधिकारी तुवराज पोखरेलले करले मुलुकलाई समृद्धी बनाउने वताउनु भयो ।

उहाँले कर प्रणाली सरल र बैज्ञानिक हुनु पर्नेमा जोड दिनु भयो । त्यस्तैे धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ धनकुटका पूर्व अध्यक्ष नेपाल प्रेस युनियनका निवर्तमान केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले दोहोरो र तेहोरो कर प्रणालीलाई हटाउनु पर्ने भन्दै व्यावसायी मैत्री कर हुनु पर्नेमा जोड दिनु भयो ।

धनकुटा नगरपालिका वडा नं. १ का वडाध्यक्ष वाङ्दा तामाग,हिले बजार व्यवस्थापन समितिका अध्यक्ष तथा धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष लालचन्द्र गोङ्वा तामाङ,धनकुटा होटल एशोसिएनका अध्यक्ष खगेन्द्र विष्ट,नेपाल निर्माण व्यावसायी संघ धनकुटका वरिष्ठ उपाध्यक्ष यज्ञ राई ,मदिरा तथा थोक व्यावसायी संघ धनकुटा हिलेका अध्यक्ष दिजेश शाक्य,लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

करदाता सेवा कार्यालय धनकुटाका प्रमुख सुर्दशन अधिकारीको अध्यक्षतमा सम्पन्न कार्यक्रमको संचालन करदाता सेवा कार्यालय धनकुटका अनुजा पराजुलीले गर्नु भएको थियो । स्वागत मन्तव्य करदाता सेवा कार्यलय धनकुटका नायव सुब्बा रिजालले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।