धनकुटा सांगुरीगढीका आशिषको आश्चर्यलाग्दो कला : मुखमा पेन्सिल च्यापेर चित्र कोर्छन्, ओठ र चिउडोले ट्याव चलाउँछन् (भिडियो सहित)

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ८ मा लुखा गाउँका आशिष राई उमेरले २२ वर्ष पुगेका छन् । उनी शारिरीक रूपमा अशक्त छन् । बोल्न सक्दैनन्, उनको हातखुट्टा चल्दैनन् तर, गजबका चित्र बनाउँछन् भन्दा पत्याउनुहुन्न होला ? तर, सत्य यही हो ।

बाल्यकालदेखि नै शारीरिक अशक्तता भए तापनि उनले कला र सिर्जनशीलतामा विशेष पहिचान बनाएका छन् । अचेल उनी चित्रकारका रूपमा परिचित छन् । मुखमा पेन्सिल राखेर चित्र कोर्छन् । उनले बनाएका चित्रहरू सुन्दर र आकर्षक छन् । ओठ र चिउडोको सहाराले ट्याब चलाउँछन् ।

आफूलाई मनपर्ने गीतहरू सुन्छन् । फेसबुक र युट्युब एकाउन्ट खोलेका छन् । आफ्नो केही कुरा भन्न र बोल्न सक्दैनन् तर उनले फेसबुक च्याटको माध्यमबाट साथीभाइहरूसँग कुराकानी गर्छन् । सामाजिक सञ्जालमा चित्रहरू पोस्ट गरेर आफ्नो सिर्जना अरूलाई देखाउँछन् । अरूले बोलेको कुरा सुन्न र बुझ्न सक्छन् । चित्र बनाउन थालेको उनले एक वर्ष मात्रै भएको छ । कापिका पानै पिच्छे विभिन्न आकृतिका चित्र कोरेका छन् । हिमाल, पहाड, तराई, विभिन्न जनावर, फूलहरूका चित्र बनाएका छन्  ।

दुईतले घरको माथिल्लो तलामा आशिष बस्छन् । कोठाभन्दा बाहिर उनी निस्किन सक्दैनन् । खाना खान तथा दिसा पिसाब गर्न अरूको सहयोग चाहिन्छ । आशिषका परिवारमा पाँच जना सदस्य छन् । उनी घरको जेठो छोरा हुन् । बुवाआमा र दुई जना भाइ र बहिनी छन् । परिवारको आर्थिक अवस्था कमजोर भएपनि उनी आफ्नो कलाबाट खुसी देखिन्छन् । उनका वुवा आमाले खेतीपाती र वाख्रापालन गरेर घरखर्च चलाइरहेका छन् ।

नागरिकता बनाउन समस्या भएपनि गाउँपालिकाले सहयोगको पहल गरिरहेको छ । आशिषले सबैलाई प्रेरणा दिएको छन्, कोशिस गर्यो भने, मान्छेले जे पनि गर्न सक्छ । यो कथा तपाईलाई जीवनको प्रत्येष्श क्षणमा अठोट गर्न र आशावादी वन्न प्रेरित गर्नेछ ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।