धनकुटाको विभिन्न स्थानमा गाँजाको बोट तथा बेर्ना फडानी गरी नष्ट

धनकुटा, मंसिर ३ गते । धनकुटा जिल्लाको बिभिन्न स्थानमा प्रकृतिकरुपमा डाँडा पाखाहरुमा आफै उम्रेको गाँजाको बोट तथा बेर्नाहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरतग अबैध रुपमा लगाएका तथा आफै उम्रेका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार मंसिर २ गते इलाका प्रहरी कार्यालय छिन्ताङबाट परिचालन भएको प्रहरी टोलीले शहिदभूमी-५ को विभिन्न एरिया इलाकाको १३ रोपनी क्षेत्रफलमा उम्रिएको ९ हजार ३०० वटा गाँजाको बोट नष्ट गरेको छ ।

यसै गरी साँगुरीगढी-८ स्थितमा ५ रोपनी क्षेत्रफलमा उम्रिएको ७ हजार गाँजाको बोट इलाका प्रहरी कार्यालय भेडेटारले र पाख्रीबास-१० स्थितमा ६ रोपनी क्षेत्रफलमा रहेको ७ हजार बोट प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले फडानी गरी नष्ट गरेको छ भने शहिदभुमी-२ को विभिन्न ठाँउहरुमा उम्रेका २ हजार ५०० बोट प्रहरी चौकी त्रिवेणीले र शहिदभुमी-६ को विभिन्न ठाँउहरुमा उम्रेका ८०० वटा गाँजाको बोट प्रहरी चौकी आँखीसल्लाले नष्ट गरेको छ ।

डाँडा पाखाहरुमा आफै उम्रेको तथा अवैधरुपमा लगाएको गाँजाको बोट तथा बेर्नाहरु निरन्तररुपमा प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।