धनकुटामा १३ हजार गांजाको बोट नष्ट
धनकुटा । धनकुटामा अवैध रुपमा लगाइएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोट नष्ट गरिएको छ ।
इलाका प्रहरी कार्यालय छिन्ताङ्ग,प्रहरी चौकी आँखिसल्ला र प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरी टोलिले जिल्ला धनकुटा सहिदभूमि गाउँपालिका वडा नं.-२, ३ र ५ का बिभिन्न स्थानबाट २० रोपनी जग्गामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका १३ हजार ६०० गाँजाका बोट फडानी गरी जलाई नष्ट गरिएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अर्न्तगत गाँजाका बोट नष्ट गर्ने अभियान अन्तर्गत आज उक्त गांजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


