धनकुटाका विभिन्न स्थानमा ८ हजार गांजाका बोट नष्ट
धनकुटा । धनकुटामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा
उम्रेका गाँजाका बोट नष्ट गरिएको छ ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका वडा नं-८, प्रहरी चौकी आँखिसल्ला, प्रहरी चौकी त्रिवेणीबाट खटिएको टोलीले सहिदभूमि गाउँपालिका वडा नं.-१ र ५ का बिभिन्न स्थानबाट १७ रोपनी जग्गामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका ८ हजार ५०० गाँजाका बोट फडानी गरी जलाई नष्ट गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अर्न्तगत गाँजाका बोट नष्ट गर्ने अभियान अनुसार आज उक्त गांजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


