धनकुटाको सहिदभूमिमा दुई दिन सार्बजनिक बिदा
धनकुटा । धनकुटाको सहिदभूमि गाउंपालिकाले दुई दिन सार्बजनिक बिदा दिएको छ ।
गापाको कार्तिक १३ गते बसेको कार्यपालिका बैठकले मंसिर ९ र १० गते दुई दिन स्थानिय बिदा दिने निर्णय गरेको हो ।
गापाको आँखिसल्ला, खोकु र छिन्ताङ्गमा बसोबास गर्ने राई समुदायले विशेष रुपमा मनाउने मौलिक पर्व “वाढाङ्गमी” को अवसरमा उक्त २ दिन स्थानिय बिदा दिइएको गापाका प्रमुख प्रशासकीय अधिकृत नविन कार्कीद्वारा हस्ताक्षरित जारी सुचनामा उल्लेख छ ।



