धनकुटाका विभिन्न स्थानमा १३ हजार ५ सय गाँजाका बोट नष्ट

धनकुटा । धनकुटाको विभिन्न स्थानमा प्राकृतिक रुपमा डाँडापाखामा उम्रेका र अवैध रुपमा लगाईएका करिब १३ हजार ५ सय गाँजाको बोट फाडेर प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहतका प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलिले बुधवार जिल्लाको शहिदभूमी गाउँपालिका वडा नं ३ र साँगुरीगढी गाउँपालिका वडा नं ८ मा लगाईएका गाँजाको बोट नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यलय धनकुटाका अनुसार इलाका प्रहरी कार्यलय छिन्ताङ धनकुटाबाट प्रबनानि गजेन्द्र श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले शहिदभूमी गाउँपालिका ३ को विभिन्न स्थानका १४ रोपनी क्षेत्रफलमा लगाईएका ११ हजार गाँजाको बोट फाडेर नष्ट गरेको छ ।

त्यस्तै इलाका प्रहरी कार्यलय भेडेटार धनकुटाबाट प्रनानि रमेश प्रधानको नेतृत्वमा खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका ८ मा अन्दाजी ३ रोपनी क्षेत्रफलको अन्दाजी २ हजार ५ सय गाँजाको बोट फाडेर नष्ट गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।