पर्यटकको पखाईमा अनौठो साततले लुङ्धाङ गुफा,रंगिन पुल र झरना (भिडियो सहित)

धनकुटा । धनकुटा नगरपालिका वडा नम्बर १ को ओक्मालुङको जंगलमा रहेको अनौठो गुफा ओझेलमा परेको छ ।

झन्डै सय मिटर उचाईको अजंगको ढुंगाभित्र सात तलाको गुफा रहेको छ । करीब ३० मिटर लामो गुफा एक स्थानवाट प्रबेश गरेर अर्को स्थानवाट निस्कीन सकिन्छ । गुफा प्रवेश गर्ने साँगुरो ठाउँ पार गरेरभित्र पुग्दा फराकिलो भाग देख्न सकिन्छ । उत्तरतर्फ रहेको प्रवेशद्वारबाट करिब १६ मिनेटमा दक्षिणी द्वारबाट बाहिरिन सकिन्छ ।

गुफाभित्रका ढुंगामा देखिने प्राकृतिक दृश्य नियाल्न सकिन्छ । गुफाको भित्रि भागमा चमेराको झुन्ड समेत देख्न सकिन्छ । पहिलो तलामा पुग्दा त्यसस्थान भन्दा तल र माथि दुई तला नियाल्न सकिन्छ । गुफा भित्रको असहज स्थानमा समेत पर्यटकको सहजताको लागि फलामको सिढी निर्माण गरिएको छ ।

पर्याप्त पुर्बाधार भएर पनि प्रचारप्रसार अभावका कारण गुफा ओझेलमा परेको हो । गुफा धनकुटाको पर्यटकिय नगरी हिलेवाट पुर्बतर्फ करीब ४ किलोमिटरको दुरीमा रहेको छ । कच्ची सडक मार्फत त्यहा सम्म पुग्न सकिन्छ । गुफा सम्म पुग्ने पैदलमा मार्ग झोलुङ्गे पुल गुफामा पूर्वाधार विकास गरिएको स्थानीय अर्जुन छाराहाङले जानकारी दिनुभयो ।

गुफा भन्दा करिब पाँच सय मिटरको दूरीमा ५० मिटर अग्लो झरना समेत रहेको छ । झरनामा समेत पुर्बाधारको काम गरिएको छ झरनावाट झरेको पानीलाई पोखरीमा जम्मा गरीएको छ जहाँ पौडि खेल्न समेत सकिन्छ । झरना र गुफा जाने वाटोमा एक झोलुंगे पुल रहेको छ,जो धेरै रङ्गको कारण रङ्गिन देखिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।