धनकुटामा २४ हजार ४ सय गाँजाका बोट फडानी गरी जलाई नष्ट
धनकुटा । धनकुटाका विभिन्न स्थानमा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोट नष्ट गरिएको छ ।
इलाका प्रहरी कार्यालय छिन्ताङ्ग, प्रहरी चौकी आँखिसल्ला र प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरी टोलिले जिल्लाको सहिदभूमि गाउँपालिका वडा नं.-१, ३ र ४ र इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले साँगुरीगढी गाँउपालिका वडा नं.८ का बिभिन्न स्थानबाट गरी २९ रोपनी जग्गामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका २४ हजार ४०० गाँजाका बोट फडानी गरी जलाई नष्ट गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अर्न्तगत गाँजाका बोट नष्ट गर्ने अभियान अनुसार उक्त गांजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जमाएको छ ।


