धनकुटाका विभिन्न स्थानमा गांजा फडानी गरि नष्ट
धनकुटा। धनकुटा जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ ।
धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ,भेडेटार, पाख्रीवास , प्रहरी चौकी त्रिवेणी र आँखीसल्लाबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी र साँगुरीगढी गाउँपालिका र पाख्रीवास नगरपालिकाको बिभिन्न एरिया इलाकाहरुका ६६ रोपनी क्षेत्रफलमा प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका ५६ हजार ५० गाँजाका बोटहरु फडानी गरी जलाई नष्ट गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरगत अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार आज उक्त गांजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


