पाख्रिबासको शनिबारे हटियामा जाडोमा न्यानो कपडाको किनमेल बढ्यो (फोटोफिचर)
धनकुटा । जाडो यामको शुरुआतसँगै धनकुटाको पाख्रिबास बजारमा साप्ताहिक रुपमा लाग्ने शनिबारे हटियामा पनि न्यानो कपडाको किनमेलमा उल्लेख्य वृद्धि भएको छ।
धनकुटाको पाख्रिबास सहित देशभरका विभिन्न स्थानमा जाडो यामको मौसममा लगाइने न्यानो कपडाको व्यापार तीव्र भइरहेको छ।
विशेष गरी बालबालिका र वृद्धवृद्धालाई चिसोले बढी असर पुर्याउँछ। उनीहरूको रोगप्रतिरोधी क्षमता कमजोर भएकाले, चिसो महशुस हुँदा उनीहरूले त्यसलाई व्यक्त गर्न सक्दैनन्। त्यसैले, अभिभावकहरूले बालबालिकालाई उपयुक्त न्यानो कपडा लगाउनेमा विशेष ध्यान दिनुपर्छ।







