धनकुटामा ३३ हजार ६ सय गांजाको बोट फडानी गरि गरियो नष्ट
धनकुटा । धनकुटा जिल्लाको विभिन्न स्थानमा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोट आज पनि फडानी गरि नष्ट गरिएको छ ।
इलाका प्रहरी कार्यालय छिन्ताङ्गले सहिदभूमी गाँउपालिका वडा नम्बर ३ का विभिन्न ठाँउहरुबाट अन्दाजी ३५ रोपनी क्षेत्रफलबाट २७ हजार गांजाको बोट,प्रहरी चौकी आँखिसल्लाले सहिदभूमी गाँउपालिका वडा नम्बर ६ बाट अन्दाजी ५ रोपनी क्षेत्रफलबाट ११ सय गाँजा बोट,प्रहरी चौकी त्रिवेणीले सहिदभूमी गाँउपालिका वडा नम्बर १ अन्दाजी ९ रोपनी क्षेत्रफल बाट ५ हजार गाँजाको बोट फडानी गरि नष्ट गरेको छ ।
त्यसैगरि इप्रका पाख्रिबासले पाख्रिवास नगरपालिका वडा नं.-३ र ४ मा गरि अन्दाजी ३ रोपनीबाट ५ सय गाँजाको बोट गरी जम्मा अन्दाजी ५२ रोपनी जग्गामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका ३३ हजार ६ सय सय गाँजाका बोट फडानी गरी जलाई नष्ट गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अर्न्तगत गाँजाका बोट नष्ट गर्ने अभियान अनुसार उक्त गांजाको बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


