पाख्रिबासमा एक युवक झुण्डिएको अवस्थामा मृत फेला
धनकुटा । धनकुटाको पाख्रिबासमा एक युवक मृत फेला परेका छन् ।
तेह्रथुमको छथर गाउंपालिका वडा नं १ बस्ने लाल बहादुर गुरुंगको छोरा छोरा ३३ बर्षिया आरेश गुरुंग भनिने यम बहादुर गुरुंग पाख्रिबास नगरपालिकाको वडा नं ४ मा गगुनको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय पाख्रिबासले जनाएको छ ।
मृतक गुरुंगलाई आज बिहान उक्त अवस्थामा मृत फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गुरुंग करिब २ बर्षदेखि पाख्रीबासमा लकडीको काम गर्दै आएका थिए ।


