सवैसँगको सहकार्यमा धनकुटामा शान्ति सुरक्षा कायम गर्छौ :प्रजिअ पोखरेल
धनकुटा । प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले सवैसंग सहकार्य गर्दै धनकुटामा शान्ति सुरक्षा कायम गर्ने बताउनु भएको छ ।
आईतवार धनकुटामा सर्वदलिय बैठकलाई सम्बोधन गर्दैै उहाँले त्यस्तो वताउनु भएको हो ।
जिल्ला प्रशासन कार्यालय धनकुटामा बसेको सर्वदलिय बैठकमा धनकुटाका राजनैतिक दलहरुका नेताहरुसंग छलफल गर्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले धनकुटाका नागरिकहरुलाई शुसाशनको प्रत्यक्ष रुपमा अनुभूती दिने काम गर्ने वताउनु भयो । उहाले नागरिकहरुलाई छिटो ,छरितो र प्रभावकारी ढंगले धनकुटका सवै कार्यहरुबाट सेवा प्रदान गर्न सहजकिरण गर्ने वताउनु भयो । धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी पोखरेलले धनकुटामा बढ्दै गएको लागुऔषध र आत्मा हत्याको घट्नालाई नियन्त्रण गर्न विशेष योजनाका साथ सवैको सहयोग लिएर अगाडी बढ्ने समेत वताउनु भयो ।
बैठकमा जिल्ला प्रहरी कार्यालय धनकुटाका एस पी श्याम सिंह चौधरी,जिल्ला प्रशान कार्यालय धनकुटका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझी,राष्टिय अनुसन्धान शाखा कार्यालय धनकुटका प्रमुख रुद्र गुर्वाछाने लगायतले जिल्लाको शान्ति सुरक्षा र सुशासन कायम गर्न सवैको सहयोग आवाश्यक हुने वताए । बैठकमा नेपाली कांग्रेस धनकुटको तर्फबाट सभापती दिनेश राई,सचिव विजय सन्तोषी राई,नेकपा एमाले धनकुटको तर्फबाट अध्यक्ष शिव आङ्ला,नेकपा माओवादी केन्द्र धनकुटाका सचिव ओम प्रकाश निरौला, राप्रपाका जिल्ला उपाध्य टिका प्रसाद घिमिरे,जनता समाजवादी पार्टी नेपाल धनकुटाका अध्यक्ष पार्वती राई,जनता समाजवादी पार्टी धनकुटाका अध्यक्ष मनकला लिम्बु,मंगल नेस्नल अग्रनाजेशन धनकुटाका अध्यक्ष शेर वहादुर मगर लगायतले धनकुटाका नागरिकहरुलाई सुशासन दिनका लागी सहयोग गर्ने वताए ।
राजनैतिक दतका नेताहरुले धनकुटाको राजनैतिक,समाजिक अवस्थाको वारेमा प्रमुख जिल्ला अधिकारी पोखरेललाई जानकारी गराउँदै शान्ति सुरक्षा कार्य गर्न र भएका समस्या समाधानका लागि सवैसंग सहकार्य गर्न आग्रह गरे ।


