धनकुटामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा प्रभातफेरी

धनकुटा, मंसिर १० । धनकुटामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा धनकुटा नगरपालिकाले प्रभातफेरी आयोजना गरेको छ ।

सरोकारवालाहरूको उपस्थितिमा गरिएको प्रभातफेरीले धनकुटा सदरमुकामका विभिन्न स्थानहरूको परिक्रमा गरी मदनचोकमा सचेतनामूलक कार्यक्रमको आयोजना गर्दे प्रभात फेरी सम्पन्न भएको छ ।

प्रभाफेरी पछि गरिएको कार्यक्रममा बोल्दै पूर्व मन्त्री एबम् कोशी प्रदेशसभाका सांसद निरन राईले लैङ्गिकहिंसा उन्मूलनका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए ।

त्यस्तै धनकुटा नगरपालिकाका उपप्रमुख भीमा खनालले लैङ्गिक हिंसाविरुद्धको अभियानलाई सफल बनाउन सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताईन ।

कार्यक्रममा विभिन्न संघसंस्था, विद्यालय, महिला समूह, युवा तथा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो। प्रभातफेरीले समाजमा लैङ्गिक हिंसाबारे चेतना फैलाउने उद्देश्यसहित धनकुटा बजारको विभिन्न स्थानको परिक्रमा गरेको थियो। लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान विश्वव्यापी रुपमा नोबेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइँदै आइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।