धनकुटामा तमोर नदीमा भेटियो शव
धनकुटा । धनकुटामा एक शव फेला परेको छ ।
जिल्लाको सांगुरीगढी गाउंपालिकाको वडा नं ३ याक्चाना घाट स्थित तमोर नदीमा हिजो एक पुरुषको शव फेला परेको छ ।
नदी किनारमा घोप्टो अवस्थामा फेला परेको शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको र मृतकको पहिचान खुलि नसकेको प्रहरीले जनाएको छ ।


