धनकुटाको सहिदभूमिमा ६ दिन ६ रात निरन्तर नाचेर मनाइने पापानी सम्पन्न

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रका राईहरु पापानी चाड सम्पन्न भएको छ ।

कार्तिक पुर्णिमा पछिको पहिलो मंगलबार देखि नयाँ वाली भित्राएको खुशीयालीमा धनकुटाका खाल्सा क्षेत्रमा पापानी मनाउने गरिएको छ । यो चाड आजवाट बिधिवत रुपमा सम्पन्न भएको हो ।

चाड सुरु भएपछि मुन्धुम विदले फुडाहाङ (कुल देवता) को १५ दिनसम्म आराधना गर्ने र स्थानीयले पनि कुल देवता र पितृको पुजा गर्दै निरन्तर ६ दिन ६ रात सम्म नाचगान गरी पापानी मनाउने गरीएको छ । आफ्नो मनोकामना पुराहोस् भनेर एक जोडी परेवा उडाएर खुढाहाङलाइ सम्झने गरिएको छ ।

पापानी पर्वमा किरात राईहरुले कुलदेवता खुढाहाङको पुजा गर्नुका साथै ढोल, झ्याम्टा बजाउदै लहरै नाच्ने गरीन्छ । यो नाच एक अर्को सग कुम जोडेर वाजाको ताल अनुसार तिन पाइला अघि र तिन पाइला पछि सरी नाच्ने गरीएको छ । यो पर्व कुल देवता र पितृको पुजा गर्दै मनाउने चलन रहेको सहिदभुमी गाँउपालिका ६ आँखिसल्लाका डिल्लीराज राई बताउनु हुन्छ ।

एक हप्ता सहिदभूमि गाउँपालिकाको खोकु, छिन्ताङ र आँखिसल्लाका गढी गढीमा फरक फरक दिन मेला लाग्ने गरेको छ । सोही मेलामा पापानी नाच्ने र गाउने गरिएको छ । बिभिन्न स्थानमा बसोबास गर्ने छ्युलुङ र नाम्चाहाङ पाछाका राई समुदायका ब्याक्तिले यो चाड मनाउने गरेको स्थानिय नरेन्द्र राई ‘कस्चीत‘ बताउनु हुन्छ ।

सहिदभूमि गाउँपालिकामा राई समुदायको बाहुल्यता छ । यहाँको कुल जनसंख्यामध्ये करिव ८० प्रतिशत राई समुदायको बसोवास रहेको छ । बसोबास रहेका मध्ये करीव ५० प्रतिशत राइहरुले यो पर्ब मनाउछन् । पछिल्लो समय यो पर्ब र स्थानिय मेला वाहिरवाट अबलोकनको लागी आउने ब्याक्तिहरुको संख्या बर्षेनी बढ्दो छ तर यहि पर्व मनाउने तथा पापानी नाच्नेहरुको संख्या भने बर्षेनी घट्दो छ । स्थानिय मौलिकता कला संकृती जागाउनु अहिलेको समयको माग भएकाले यो संरक्षण तर्फ सबैले ध्यान दिनुपर्ने स्थानियको माग छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।