सरकारको मनोमानी कर आतंक बिरुद्धको आन्दोलन अझै कडा बनाउँने आजपाको निर्णय

काठमाडौं, ११ मंशिर र आम जनता पार्टी (आजपा)ले भ्रष्ट र भगौडाहरुको पक्षपोषण गर्ने दलाल दलतन्त्रको अन्त्य गर्दै आम जनताको सर्वोच्ता सहितको शासन सत्ता स्थापित गराउन पूर्वघोषित तेस्रो जनआन्दोलनको मजबुत आधार खडा गर्न संघर्षका कार्यक्रमलाई तिब्रताका साथ अगाडी बढाउने निर्णय गरेको छ । 

 

काठमाडौंको कोटेश्वर स्थित आजपाको केन्द्रीय कार्यालयमा बसेको पार्टी स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीलाई पुनर्गठन गर्दै संघर्षका कार्यक्रमलाई अगाडी बढाउँने निर्णय गरेको उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् । 

 

आजपाले सरकारको मनोमानी कर आतंक बिरुद्ध संघर्षका कार्यक्रम अगाडी बढाउन काठमाडौं उपत्यका विशेष कमिटीलाई जिम्मेवारी तोकेको छ । काठमाडौं उपत्यका विशेष कमिटीले विगतमा काठमाडौंमा सरकारको मनोमानी कर आतंक बिरुद्ध विरोध प्रदर्शन गरेको थियो । उसकै नेतृत्वमा आन्दोलन कार्यक्रम अगाडी बढाउँने निर्णय स्थायी कमिटी बैठकले गरेको छ । 

 

यसैगरी विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी कायम गर्नुपर्ने आन्दोलनको अगुवाई आम विद्यार्थी मोर्चाले गर्नेछ । आम विद्यार्थी मोर्चाले बिगतमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै आन्दोलन गर्दै आएको छ । बैदेशिक रोजगारका ठग बिरुद्धको आन्दोलनका कार्यक्रम आईटी आर्मीको नेतृत्वमा हुनेछ । बैठकले आईटी आर्मीलाई वैदेशिक रोजगारका ठग बिरुद्धको आन्दोलनलाई निष्कर्षमा पुर्याउन जिम्मेवारी तोकेको हो । 

 

यस्तै बैंक, लघुवित्त र सहकारी ठग विरुद्धको आन्दोलन आजपाको  कोसी प्रदेश र गण्डकी प्रदेश कमिटीले अगाडी बढाउँने छ । बैंक, लघुवित र सहकारी ठग बिरुद्धको आन्दोलन आजपाले गर्दै आएकोमा यसलाई कडा बनाउने निर्णय गरेको छ । यसैगरी भ्रष्टाचार बिरुद्धको आन्दोलन सातै प्रदेशमा कडा रुपमा अगाडी बढाउँने निर्णय बैठकले गरेको प्रवक्ता साहद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । 

 

बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आन्दोलनका कार्यक्रमलाई कडा रुपमा अगाडी बढाउँन निर्देशन दिएका छन् । विगतका आन्दोलनको समिक्षा गर्दै आन्दोलनलाई थप कडा बनाउने निष्कर्ष बैठकको छ । 

 

‘देशमा बढ्दो भ्रष्टाचार, बेथिति र विभेद विरुद्धको पाँच दिवसीय मधेश जागरण यात्रामा पहिलो दिन राज्य पक्षको अवरोधका बावजुद पनि आम जनताको अभुतपूर्व साथ, सहयोग र सहभागिताले गर्दा सानदार ढंगले सफल रहेको निष्कर्ष सहित यस अभियानलाई सफल पार्न योग्दान एवं भूमिका निर्वाह गर्नुहुने सबैप्रति हार्दिक अभार सहित विशेष धन्यवाद व्यक्त गरिएको छ’ आजपाद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । 

 

यसैगरी बैठकले पार्टीको सदस्यता वितरण तथा संगठन विस्तारलाई अभियानको रूपमा अगाडि बढाउने निर्णय गरेको छ । पार्टी सदस्यता वितरण सम्बन्धी कार्यविधि – २०८१ बैठकले सर्वसहमतिले पारित गरेको छ । 

 

बैठकले पार्टीको केन्द्रीय कमिटीलाई पुनर्गठन समेत गरेको छ । प्रभु साह अध्यक्ष रहेको केन्द्रीय कमिटी दुई सय ८९ सदसिय बनाइएको छ । आमन्त्रित, स्थायी कमिटी, पदाधिकारी सहित केन्द्रीय कमिटी बिस्तार गरिएको हो ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।