धनकुटामा ३१ हजार ६ सय गांजाको बोट नष्ट
धनकुटा । धनकुटाका निभिन्न स्थानमा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोट नष्ट गरिएको छ ।
इलाका प्रहरी कार्यालय छिन्ताङ्गले सहिदभूमी गाँउपालिका वडा नम्बर ३ चितकला टोल स्थितबाट अन्दाजी ३५ रोपनी क्षेत्रफलबाट २७ हजार बोट,प्रहरी चौकी आँखिसल्लाले सहिदभूमी गाँउपालिका वडा नम्बर ७ खलेटोलबाट अन्दाजी २ रोपनी क्षेत्रफलबाट ६ सय गाँजा बोट,प्रहरी चौकी त्रिवेणीले सहिदभूमी गाँउपालिका वडा नम्बर २ अखुवाटारबाट अन्दाजी ७ रोपनी क्षेत्रफल बाट ४ हजार गाँजाको बोट गरी अन्दाजी ४४ रोपनी जग्गामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका ३१ हजार ६ सय गाँजाका बोट फडानी गरी जलाई नष्ट गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अर्न्तगत गाँजाका बोट नष्ट गर्ने अभियान अनुसार हिजो नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


