नियमन आयोगको प्राधिकरणलाई विद्युत बक्यौताबारे चार बुंदे निर्देशन

काठमाडौं, मंसिर १२ । नेपाल विद्युत प्राधिकरणलाई विद्युत बक्यौताबारे बिद्युत नियमन आयोगले चार बुंदे निर्देशन दिएको छ । 

नियमन आयोगले मंगलबार एक पत्र मार्फत ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’  विवादमा मन्त्रिपरिषदको निर्णय कार्यन्वयन गर्न तर उद्योगमा लाइन नकाट्न प्राधिकरणलाई निर्देशन दिएको हो । 

टिओडी मिटर गणना लगायतका बिषयमा पछिल्लो पटक गठन भएको प्राविधिक समितिले प्रतिवेदन बुझाएर सरकारले निर्णय नलिएसम्मलाई उद्योगको लाइन नकाट्न नियमन आयोगले प्रकाशन गरेको निर्देशनमा भनिएको छ। 

मन्त्रिपरिषदले गत कात्तिक २५ गते टिओडी मिटर गणनागरि १५ दिन भित्र बक्यौता उठाउन र उद्योगहरुमा लाइन जोड्ने निर्णय गरेको थियो। तर कात्तिक २८ मा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषदको निर्णयअनुसार लाइन जोडिएको तर आफुले पहिला पठाएकै बिल अनुसार बक्यौता तिर्न भन्दै उद्योगहरुलाई आफ्नै अडान अनुसारको निर्देशन तथा पत्राचार गरेका थिए। आफुले दिएको म्यादमा बक्यौता नतिरे लाइन काटीदिने चेतावनी दिएका थिए। 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।