मोटरसाइकल दुर्घटनामा घाइते पाख्रीबासका कटुवालको निधन
धनकुटा । धनकुटाको पाख्रीबासका एक जनाको मोटरसाइकल दुर्घटनामा परि निधन भएको छ ।
गत मंसिर १० गते पाख्रीबास नगरपालिका ९ स्थित हिले-छिन्तांग सडक खण्डको उत्तरपानीमा मोटरसाइकल दुर्घटना हुंदा घाइते भएका पाख्रीबास नपा ३ सिंहदेवी चोक निवासी लाल बहादुर कटुवालका माइला छोरा १८ बर्षिया रिजन कटुवालको निधन भएको हो ।
कटुवालको विराट शिक्षण अस्पताल विराटनगरमा उपचारको क्रममा आज निधन भएको हो ।
मोटरसाइकल चालक सोही स्थानका समिर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


