धनकुटामा २४ हजार ५ सय गांजाको बोट नष्ट
धनकुटा । धनकुटाको विभिन्न स्थानमा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोट नष्ट गरिएको छ ।
इलाका प्रहरी कार्यालय छिन्ताङ्गले सहिदभूमी गाँउपालिका वडा नम्बर ३ तेलि टोल,बेशी टोल र पुजारी टोल स्थितबाट अन्दाजी ३१ रोपनी क्षेत्रफलबाट १८ हजार बोट,प्रहरी चौकी आँखिसल्लाले सहिदभूमी गाँउपालिका वडा नम्बर ६ माङफिङबाट अन्दाजी ४ रोपनी क्षेत्रफलबाट १ हजार ५ सय गाँजा बोट फडानी गरि नष्ट गरेको छ ।
त्यस्तै प्रहरी चौकी त्रिवेणीले सहिदभूमी गाँउपालिका वडा नम्बर १ सफाईटारबाट अन्दाजी ७ रोपनी क्षेत्रफल बाट ५ हजार गाँजाको बोट गरी अन्दाजी ४२ रोपनी जग्गामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका २४ हजार ५ सय गाँजाका बोट फडानी गरी जलाई नष्ट गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अर्न्तगत गाँजाका बोट नष्ट गर्ने अभियान अनुसार आज उक्त गांजा मष्ट गरिएको जिल्वा प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


