साँगुरीगढीमा अपाङ्गता भएका ४ जनालाई घर मै पुगेर नागरिकता प्रदान
धनकुटा,१६ मंसिर । जिल्ला प्रशासन कार्यालय धनकुटाले साँगुरीगढी गाउँपालिका वडा नम्बर २ र ८ का शारिरीक अपाङ्गता भएका ४ जनालाई घर मै पुगेर नागरिकता प्रदान गरेको छ ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल सहित साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई, उपाध्यक्ष मुना राई, प्रशासकिय अधिकृत अंकित मंग्राती सहित प्रशासनका कर्मचारी र जनप्रतिनिधीले घर मै पुगेर उनिहरु लाई नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।


