धनकुटामा २१ हजार ४ सय गांजाको बोट नष्ट
धनकुटा । धनकुटा जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोट नष्ट गरिएको छ ।
इलाका प्रहरी कार्यालय छिन्ताङ,प्रहरी चौकी आँखिसल्ला र प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरी टोलिले जिल्लाको सहिदभूमि गाउँपालिका वडा नं.-२,५ र ६ को विभिन्न स्थानहरुवाट अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका अन्दाजी २९ रोपनी क्षेत्रफलबाट २१ हजार ४ सय गाँजाका बोट फडानी गरी जलाई नष्ट गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अर्न्तगत गाँजाका बोट नष्ट गर्ने अभियान अनुसार आज उक्त गांजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


