ओखलढुंगाको मैलुङ-५ मा एमाले विजयी, गुम्यो कांग्रेसको विरासत

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षकाे उपचुनावमा एमाले विजयी बनेको छ ।

वडाध्यक्षमा एमालेका गंगा तामाङले ३९९ मतसहित विजयी भएका हुन् ।

२०५४ देखि नै कांग्रेसले जित्दै आएको यस वडामा एमालेले यसपटक कांग्रेसको विरासत भत्काएको हो ।

एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवारको क्षेत्र भएपनि पहिलोपटक एमाले विजयी बनेको हो ।

उपनिर्वाचनमा दोस्रो स्थानमा कांग्रेसका घनश्याम दाहालले १७७ मत पाएका छन् । त्यस्तै रास्वपाका विष्णु पोखरेलले १५१ मत ल्याएका छन् भने माओवादी केन्द्रका मानवहादुर सुनुवारले २३ मत प्राप्त गरेका छन् ।

७६८ मत खसेको थियो । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष गोपी कार्कीको निधनपछि उपनिर्वाचन भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।