प्रधानमन्त्री ओली प्रतिनिधिमण्डल सहित आज चीन जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज उत्तरी छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जादैछन्।

चिनियाँ प्रधानमन्त्री लि छियाङ्को औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली आजवाट उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा जान लागेका हुन । सो क्रममा नेपाली प्रधानमन्त्री ओलीलाई चीनले राजकीय सम्मान दिइने जनाइएको छ । 

 

तेस्रो पटक निर्वाचित भएपछि प्रधानमन्त्री ओलीको को यो पहिलो औपचारिक विदेश भ्रमण हो । प्रधानमन्त्री ओलीसँग परराष्ट्र मन्त्री आरजु राणासहित अन्य मन्त्री, सचिव र उच्च पदस्थ पदाधिकारी पनि बेइजिङ पुग्दैछन् । 

 

गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमण तथा ३२ सदस्यीय भ्रमण टोली बिहीबार स्वीकृत गरेको थियो । 

 

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली आजै चीनको राजधानी बेइजिङ पुग्नेछन् ।  भ्रमणको भोलीपल्ट अर्थात मंगलबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटबार्ता तथा चिनियाँ समकक्षी लीसँग औपचारिक वार्ता भने मंगलबार गर्नेछन् ।

 

प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिइसकेको छ । प्रधानमन्त्री ओली र प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजसहित औपचारिक वार्ता हुने कार्यक्रम छ ।

 

मंगलबारै नेपाल–चीनबिच विगतमा घोषणा भएका परियोजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर हुनेछ, जसमध्ये एक बिआरआइ परियोजना महत्वपुर्ण मानिएको छ।

 

चीन भ्रमणमा जानु अघि प्रधानमन्त्री ओलीले सोमवार राष्ट्रपति रामचन्द्र पौडेललाइ औपचारिक रूपमा जानकारी गराएका छन भने चीन भ्रमणको अजेन्डा तय गर्नका लागि आइतवार मन्त्रीपरिषद बैठकसमेत बसेको थियो ।

 

चार दिने भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री ओली मंसीर २० गते स्वदेश फर्कने छन् । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।