धनकुटाको उत्तरपानीमा रहेको बौद्धिक अपाङ्गता स्रोत कक्षाका छात्र गुरुङ बेपत्ता
धनकुटा,१७ मङ्सिर । धनकुटा जिल्लाको धनकुटा नगरपालिका १० स्थित उत्तरपानीमा रहेको बौद्धिक अपाङ्गता स्रोत कक्षामा आवासीय रूपमा अध्ययनरत एक छात्र बेपत्ता भएका छन् ।
जिल्लाको पाख्रीबास नपा-४ घर भएका केशव बहादुर गुरुङ का १४ बर्षीया छोरा सुसन गुरुङ आज बिहान उत्तरपानीबाट बेपत्ता भएका हुन् ।
बेपत्ता गुरुङलाई खोजी गर्दा हालसम्म फेला नपरेको विद्यालयका प्रधानाध्यापक विनोद सुवेदीले जानकारी दिनुभयो ।
बेपत्ता गुरुङलाई कोही कतै कसैले देख्नु वा भेट्नु भएमा नजिकैको प्रहरी कार्यालय वा सम्पर्क नं 9807073411 मा खबर गरिदिनु हुन पनि अनुरोध गरिएको छ ।



