अपडेट : उत्तरपानीमा रहेको बौद्धिक अपाङ्गता स्रोत कक्षामा अध्ययनरत बेपत्ता छात्र गुरुङ फेला
धनकुटा,१८ मङ्सिर । धनकुटा जिल्लाको धनकुटा नगरपालिका १० स्थित उत्तरपानीमा रहेको बौद्धिक अपाङ्गता स्रोत कक्षामा
आवासीय रूपमा अध्ययनरत हिजो बेपत्ता भएका छात्र सुसन गुरुङ फेला परेका छन् ।
बेपत्ता गुरुङ सिंधुवाको चित्रेबाट फेला परेको उहांका बुबा केशव बहादुर गुरुङले धनकुटा खबरलाई जानकारी दिए ।
जिल्लाको पाख्रीबास नपा-४ घर भएका १४ बर्षीया गुरुङ हिजो बिहान बिद्यालयको गेट नाघेर उत्तरपानीबाट बेपत्ता भएका थिए ।
प्रहरी चौकी चित्रेको सम्पर्कमा रहेको गुरुङलाई लिन उहांका आमाको साथमा बिद्यालयका प्रतिनिधि गइसकेको छ ।


