अनेरास्ववियु धनकुटाको २४ औ जिल्ला अधिवेशन सम्पन्न,अध्यक्षमा तिम्सिना
धनकुटा । अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन धनकुटाको २४ औ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
अधिबेशनले ३३ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ ।
कमिटीको अध्यक्षमा युवा तिम्सिना चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा बालकृष्ण बस्याल ,सुबन श्रेष्ठ र भविन्द्र राई चयन भएका छन् ।
सचिवमा कुमार सापकोटा,उप सचिवमा सस्मिता राई,विशाल लिम्वु र प्रदिप वरूवाल तथा कोषाध्यक्षमा सुमन राई चयन भएका छन् ।


