प्रधानमन्त्री ओलीले आज पेकिङ बिश्वबिधालयमा सम्बोधन गर्ने

काठमाडौं, १९ मंसीर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्दैछन् ।

 

गत सोमवार चीनको चार दिने भ्रमणमा निस्केका प्रधानमन्त्री ओलीले आफनो भ्रमणको तेस्रो दिन पेकिङ विश्वबिधालयमा सम्बोधन गर्न लागेका हुन् ।

 

आज उनले नेपाल–चीन बिजनेस फोरमले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्नेछन भने अन्तिम बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी रहने जनाइएको छ ।

 

हिजो चीनिया राष्ट्रपति सि जिनपिङ, चिनियाँ समकक्षी ली छ्याङ र चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेस् (चिनिया संसद)का अध्यक्षसँग भेटबार्ता गरेका थिए । समकक्षी लि छ्याङसँग भएको औपचारिक बार्तामा ९ बुदेँ समझदारी र सहमति पत्रमा हस्ताक्षर भएको थियो भने चिनिया राष्ट्रपति सि जिनपिङसँग भएको बार्तामा नेपाललाई ५०० मिलियन युआन अर्थात करिब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने उनले घोषणा गरेका थिए ।

 

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि सोमवार चीन पुगेका हुन्  । भ्रमणको चौथो दिन अर्थात बिहीबार बिहानै बेइजिङबाट ओली काठमाडौंका लागि उड्ने छन् । 

 

उनी करिब साढे २ बजे काठमाडौंमा आइपुग्ने कार्यक्रम तय भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।