सांगुरीगढीमा ४ हजार ५ सय गांजाको बोट नष्ट
धनकुटा । धनकुटाको सांगुरीगढीमा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोट नष्ट गरिएको छ ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलिले जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं.-१० को विभन्न स्थानहरुवाट अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका अन्दाजी ५ रोपनी क्षेत्रफलबाट ४ हजार ५ सय गाँजाका बोट फडानी गरी जलाई नष्ट गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अर्न्तगत गाँजाका बोट नष्ट गर्ने अभियान अनुसार आज उक्त गांजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


