विश्व परिवेशलाई हेर्दा शहरीकरणलाई रोक्न नसकिने तर व्यवस्थापनको विकल्प छैनः कार्यवाहक प्रधानमन्त्री सिंह

काठमाडौं, २० मंसीर । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नयाँ संविधान लागू भएर देशको संघीय ढाँचामा पुनःसंरचाना पश्चात नेपाल आधुनिक विकास प्रयासमा अगाडि लम्किरहेको बताएका छन ।

 

नेपाली वास्तुविद् समाज (सोना) र ग्लोबल बिजनेश रिकनेक्टको संयुक्त आयोजनामा बिहिबारबाट काठमाडौमा शुरु भएको आर्कबिल्ड एक्स्पो २०२४को विशेष समारोहमा बोल्दै उनले यस्तो बताएका हुन ।

 

‘नेपालको नयाँ संविधान लागु भै देशको संघीय ढाँचामा पुनःसंरचाना पश्चात नेपाल आधुनिक विकास प्रयासमा अगाडि लम्किरहेको छ। सन् २०२६ सम्म अतिकम विकसित राष्ट्रबाट विकासील राष्ट्रको श्रेणीमा स्तोरोन्नती हुने प्रयासमा छ। यो विकास प्रयासमा खासगरी आधारभूत र उत्थानशील पूर्वाधार निर्माणमा स्वदेशी विदेशी ठूलो लगानी, प्रविधि र विज्ञताको आवश्यकता रहेको छ,’ कार्यवाहक प्रधानमन्त्री सिंहले भने,  ‘अर्कोतर्फ, हालका वर्षहरूमा जलवायु परिवर्तनजन्य एवं अन्य विपद्का घटनाहरूमा बढोत्तरी भै विकास प्रयासलाई ओझेलमा पार्ने गरी विनाशकारी प्रभावहरू बढेर गएका छन्। यस परिप्रेक्षमा हाम्रा शहरहरू र समुदायहरूको दिगो भविष्य सुनिश्चित गर्ने समाधानका उपायहरुको खोजी गर्नु आजको चुनौती रहेको छ।’

 

शहरी विकास मन्त्री समेत रहनुभएका कार्यवाहक प्रधानमन्त्री सिंहले नेपालको विविधतायुक्त भूगोल, पर्यावरण र सामाजिक साँस्कृतिक परिवेशमा पूर्खाको ज्ञान र पौरखले सिर्जित ऐतिहासिक र परम्परागत वस्ती, स्थानीय मौलिक वास्तुकला, निर्माण शैली, यसबाट सिर्जित निर्मित वातावरण र मुर्त अमुर्त सांस्कृतिक सम्पदाहरू नेपालको ठूलो सम्पत्ति रहेको बताए ।  तर, अहिलेको निर्माण पद्धतिहरूमा मौलिकताको पक्ष ओझेल पर्दै गएको भन्दै उनले नेपाली पहिचानको धरोहरको रूपमा रहेको नेपाली वास्तुकला र निर्मित वातावरणको गौरवमय इतिहासलाई कायम राख्दै आधुनिक विकास निर्माणलाई नेपालीपन सहितको दिगो बनाउन सहि दिशानिर्देश गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।

 

नेपाल अहिले तिब्रत्तर शहरीकरणको प्रकृयाबाट गुज्रिरहेको र गाउँबाट मानिसहरू विभिन्न अवसरको खोजिमा शहरमा बसाईसराई गर्ने प्रवृत्ति बढेको भन्दै उनले भने, ‘विश्व परिवेशलाई हेर्दा शहरीकरणलाई रोक्न नसकिने र यसको व्यवस्थापनको विकल्प नरहेको देखिएको छ। नेपालमा शहरीकरणलाई व्यवस्थापन गर्ने क्रममा शहरमा रोजगारी, सेवा पूर्वाधारको बृद्धि गर्न अहिले भएका प्रयासहरू प्रयाप्त छैनन्।’ 

 

योजनाबद्ध शहरी विस्तार, भूउपयोग र भौतिक विकासको नियमन, र रणनैतिक हिसाबले एकीकृत पूर्वाधारमा लगानी गर्न सकिएन भने यसबाट दिर्घकालमा गम्भिर सामाजिक, आर्थिक र वातावरणीय असरहरू भोग्नु पर्ने उनको भनाई थियो । यी चुनौतिहरूको सामना गर्न नेपाली वास्तुविद र इन्जिनियरिङ समुदाएको भूमिका महत्वपूर्ण हुने पनि उनको भनाइ छ ।

 

वास्तुकला क्षेत्रमा बिशेष गरि कृषि, हरित उर्जा, योग, साधना, आर्युवेद र प्राकृतिक उपचार सहितको स्वास्थ्य हेरचाह, मनोरञ्चन, साहसिक र पर्यापर्यटनको आतिथ्यताको क्षेत्रको पूर्बाधार निर्माणमा अथाह सम्भावना राख्ने भन्दै उनले यी क्षेत्रको उन्नयन मार्फत नेपालको समृद्धिको यात्रामा सहभागी हुन र  सहकार्य गर्न स्वदेशी र विदेशी वास्तुबिद, लगानी कर्ता, उत्पादक, विज्ञ सबैलाई आग्रह गरेका छन ।

 

नेपाली वास्तुविद्हरूको भूमिकालाई थप प्रभाबकारी बनाउन गरिनुपर्ने नीतिगत र संस्थागत सुधारका लागि शहरी विकास मन्त्रालय तत्पर रहेको मन्त्री सिंहले प्रतिवद्धता पनि जनाए । आजबाट शुरु भएको एक्स्पो ३ दिन चल्ने आयोजकले जनाएको छ। 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।