धनकुटामा ३४ हजार ६ सय गांजाको बोट नष्ट
धनकुटा । धनकुटा जिल्लाको विभिन्न स्थानमा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोट नष्ट गरिएको छ ।
कोशीइलाका प्रहरी कार्यालय छिन्ताङ, इलाका प्रहरी कार्यालय राजरानी , इलाका प्रहरी कार्यालय भेडेटार , प्रहरी चौकी आँखिसल्ला , प्रहरी चौकी त्रिवेणी र अस्थायी प्रहरी पोष्ट मौनाबुधुक धनकुटाबाट खटिएको प्रहरी टोलिले जिल्लाको सहिदभूमि गाउँपालिका वडा नं.-१,३,४,७, साँगुरीगढी गाउँपालिकका वडा नं. १० र चौबिसे गाउँपालिका वडा नं.५,७ को विभिन्न स्थानहरुवाट अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका अन्दाजी ४९ रोपनी क्षेत्रफल बाट ३४ हजार ६ सय गाँजाका बोट फडानी गरी जलाई नष्ट गरेको छ ।
प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अर्न्तगत गाँजाका बोट नष्ट गर्ने अभियान अनुसार मंसिर २० गते उक्त गांजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


