पाख्रीबास ९ वडा कार्यालय भवनको पूर्व मन्त्री तथा सांसद राईले गरे शिलान्यास

धनकुटा । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका–९ को वडा कार्यालय भवन शिलान्यास गरिएको छ । धर्मशालामा रहेको सामुदायिक भवनबाट सेवाको प्रवाह गर्दै आइरहेको वडा कार्यालयको आफ्नै भवन निर्माण हुन लागेको वडा अध्यक्ष सम्झना आलेले जानकारी दिनुभयो ।

नयाँ बन्न लागेको वडा कार्यालय भवनको एक औपचारिक कार्यक्रमबिच पूर्व खानेपानी मन्त्री राजेन्द्रकुमार राईले शिलान्यास गर्नुभयो । भवनको शिलान्यास गर्नु हुदै पूर्व मन्त्री राईले निर्माण व्यवसायीलाई गुणस्तरीय सहित समयमै वडा कार्यालय भवन निर्माण गर्न आग्रह गर्दै नयाँ भवन निर्माण सम्पन्न भएसँगै सम्पूर्ण वडावासीले सहज रूपमा सेवा लिन पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

साेहि अवसरमा काेशी प्रदेश सभा सदस्य ईन्द्रमणी पराजुली , नगर उपप्रमुख नम्रता देउजा लगायतले कार्यक्रममा मन्तव्य राख्नु हुदै वडाबासीलाई शुभकामना दिनु भएको थियो साथै उहाहरुले निर्वाचनको समयमा जनता सामु गरेका प्रतिवद्वता पूरा हुदै गरेको बताउनुभयो ।

नवनिर्मित वडा कार्यालय भवनको निर्माणको काम जेठ मसान्तसम्म सम्पन्न हुने निर्माणको जिम्मा पाएको माङ्बारक कन्ट्रकसन धरानका निर्मल चाेङ्बाङले बताउनुभयो । भ्याट सहित ६८लाख ४५ हजार २सय २७ रुपैया , भ्याट बाहेक ५९ लाख ३५ हजार ५ सय ३१ रुपैयाँ लगतमा ६ ६ कोठे दुईतले ट्वाईलेट बाथरुम सहित भवन निर्माण हुने भएको छ ।

कार्यक्रममा वडा सदस्य तथा कार्यपालिका सदस्य, वडाका कर्मचारी र स्थानीय बासि राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य पहलमान घिसिङले राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन वडा सचिव अनिल तिम्सिनाले गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖