छथर जोरपाटीका बाढी,पहिरो पिडितलाई नगद र जस्तापाता सहयोग

धनकुटा । केहि महिना अघि भएको बर्षाका कारण पूर्णरुपमा घर क्षेती भएका धनकुटाको छथर जोरपाटी गाउँपालिकाका १० घर परिवार लाई गाउँपालिकाले राहत स्वरुप नगद हस्तान्तरण गरेको छ ।

स्थानिय विपद् व्यावस्थापन समितीको निर्णय भई आज एक कार्यक्रमका बिच पालिकाकाले पूर्ण रुपमा घर क्षेती भएका परिवारलाई २० हजारका दरले छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले नगद हस्तान्तरण गर्नु भएको हो ।

त्यस्तै आजै भएको कार्यक्रममा छथर जोरपाटी कै बाढी पहिरो बाट घर क्षेती भएका ११ परिवार लाई शान्ति भोलेन्टिर्यस संस्थाले पनि सहयोग गरेको छ । संस्थाले प्रभावितहरुको पुनःस्थापनाका लागी ११ परिवार लाई जस्तापाता र सुरक्षा सामग्री समेत वितरण गरेको छ । संस्थाले चुलाचुली माध्यमीक विद्यालय र सरस्वती माध्यमीक विद्यालय लाई ४० थान ग्याविन तारजाती समेत वितरण गरेको छ । अन्य पहिरो पिडित ५ परिवार लाई समेत ग्याभिन तारजाती वितरण गरिएको छ ।

कार्यक्रममा एसबिए नेपालका कन्ट्रि निर्देशक हिरोको हगिहारा, रिड नेपालका निर्देशक चीनकाजी श्रेष्ठ, सिंधुवा छथरजोरपाटी सामुदायीक पुस्तकालय स्रोत केन्द्रका अध्यक्ष अर्जन घिमिरे, सचिव पदम बहादुर भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖