धनकुटामा ४२ हजार ५ सय गाँजाका बोट फडानी गरि नष्ट
धनकुटा । धनकुटाको विभिन्न स्थानमा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोट नष्ट गरिएको छ ।
इलाका प्रहरी कार्यालय छिन्ताङ,इलाका प्रहरी कार्यालय राजरानी, प्रहरी चौकी आँखिसल्ला , प्रहरी चौकी त्रिवेणी र अस्थायी प्रहरी पोष्ट मौनाबुधुकबाट खटिएको प्रहरी टोलीले जिल्लाको सहिदभूमि गाउँपालिका वडा नं.-१,३,७, र चौबिसे गाउँपालिका वडा नं.५,७ को विभिन्न स्थानहरुवाट अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका अन्दाजी ५५ रोपनी क्षेत्रफलबाट ४२ हजार ५ सय गाँजाका बोट फडानी गरी जलाई नष्ट गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अर्न्तगत गाँजाका बोट नष्ट गर्ने अभियान अनुसार आज उक्त गांजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


