नेपाललाई असफल राष्ट्र बनाउन राजनीतिक दलहरुले भूमिका खेलिरहेको छ: प्राध्यापक डा. आचार्य

काठमाडौं । संयुक्त राष्ट्र संघका लागि नेपाली पूर्व राजदूत तथा प्राध्यापक डा. जयराज आचार्यले नेपाललाई असफल मुलुक बनाउनमा कर्मचारीतन्त्रले नभई राजनीतिक दलहरुले भूमिका खेलिरहेको बताउनु भएको छ ।

नवनियुक्त राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृतहरुको सम्मानमा सेडेप नेपाल (नेम) ले आज काठमाडौंमा आयाजना गरेको कार्यक्रममा बोल्दै प्राध्यापक डा. आचार्यले यस्तो बताउनु भएको हो ।

कर्मचारीतन्त्रमा राजनीतिक दलका विभिन्न संघ, संगठनहरुको प्रभावका कारण कर्मचारीको वृत्ति विकासमा समस्या हुने गरेको साथै चाहे जस्तो प्रतिफल दिन नसकेको हुँदा दलका संघ, संगठन खारेज हुनुपर्ने आचार्यको भनाई छ ।

डा. आचार्यले जनतालाई छिटो, छरितो र प्रभावकारीरुपमा सार्वजनिक सेवा प्रवाह गर्न कुनै दाग नलाग्ने गरी इमान्दारीपूर्वक कर्तव्यनिष्ठ भएर जनताको सेवामा लाग्न नवनियुक्त शाखा अधिकृतहरुलाई अनुरोध गरे ।
शाखा अधिकृतहरुको तलबमान निकै कम रहेका बताउँदै डा. आचार्यले कर्मचारीतन्त्रको आकार घटाएर भएपनि तलबमान कम्तीमा ६० हजार बनाउनु पर्ने सुझाव दिए ।

सेडेप नेपालले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन, लेखा, राजश्व तथा लेखापरीक्षण सेवा, न्याय सेवा र परराष्ट्र सेवाका नवनियुक्त शाखा अधिकृतहरुलाई सम्मान गरेको हो । सेडेप नेपाल विगत १८ बर्षदेखि सरकारी सेवाका प्र्रवेशको लागि सहजीकरण तथा मार्ग निर्देशन गर्दै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖