धनकुटामा ४२ हजार ९ सय गाँजाका बोट फडानी गरी जलाई नष्ट
धनकुटा । धनकुटाको विभिन्न स्थानमा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोट नष्ट गरिएको छ ।
इलाका प्रहरी कार्यालय छिन्ताङ , इलाका प्रहरी कार्यालय भेडेटार , प्रहरी चौकी आँखिसल्ला , प्रहरी चौकी त्रिवेणी र अस्थायी प्रहरी पोष्ट मौनाबुधुक धनकुटाबाट खटिएको प्रहरी टोलिले जिल्लाको सहिदभूमि गाउँपालिका वडा नं.-१,२,७, साँगुरीगढी गाउँपालिका वडा नं.१० र चौबिसे गाउँपालिका वडा नं.५ को विभिन्न स्थानहरुवाट अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका अन्दाजी ५४ रोपनी क्षेत्रफल बाट ४२ हजार ९ सय गाँजाका बोट फडानी गरी जलाई नष्ट गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अर्न्तगत गाँजाका बोट नष्ट गर्ने अभियान अनुसार आज उक्त गांजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


