धनकुटामा १ बर्षको अवधिमा भएका ९९ मानव अधिकार उल्लंघनबाट १०० जना पीडित

धनकुटा,२५ मंसिर । धनकुटामा १ बर्षको अवधिमा भएका ९९ मानव अधिकार उल्लंघन बाट १०० जना पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले धनकुटामा आज एक कार्यक्रमका बिच यो तथ्यांक सार्वजनिक गरेको हो ।

सन् २०२४ को जनवरीयता भएका मानव अधिकार उल्लंघनका ९९ घटना भएको र त्यस बाट ११ जना पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका धनकुटा प्रतिनिधी इश्वर थापाले जानकारी दिनु भयो । यो अवधीमा ३ हत्याका घटना भएको तथ्यांकमा उल्लेख गरिएको छ । ७ बालिकासहित ७ जना बलात्कृत भए छन् भने ३ जनामा बाल यौन दुर्व्यवहार भएको थापाले जानकारी दिनु भयो ।यो अबधीमा सबै भन्दा बढी ७० वटा घरेलु हिंसाका घटना भएको र यस घटनामा सबै महिला पिडित भएको विवरण सार्वजनिक गरिएको छ ।

विभिन्न संस्थाले संयुक्त रुपमा गरेको कार्यक्रममा तथा धनकुटा नगरपालिकाको आयोजनामा आयोजित ३३ औं लैङ्गगिक हिंसा विरुद्धको १६ दिने अभियान समेत समापन तथा जिल्ला प्रहरी कार्यलय धनकुटाले आयोजना गरेको लैङ्गगिक विभेदमा शून्य सहनशिलता सुरक्षित समाजका लागि ऐक्यवद्धता कार्यक्रम समेत आयोजना गरिएको थियो ।

कार्यक्रममा नेकपा माओवादीकी नेतृ विष्णुमाया कन्दवा, नेकपा एमाले धनकुटाका सचिव पर्शूराम नेपाल, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, धनकुटा नगरपालिकाकी उपप्रमुख भिमादेवि खनाल, जिल्ला समन्वयस समिती धनकुटाका संयोजक निरेन तामाग, तथा कार्यक्रममा प्रमुख अतिथी पूर्व मन्त्री तथा संसद राजेन्द्र कुमार राईले मानवअधिकारको रक्षा र मानवअधिकार उल्लंघनका घटना कम गर्न सबैले पहल गर्नुपर्ने धाराण राख्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षता गैसस महसंघका अध्यक्ष मीनप्रसाद सुवेदीले गर्नु भएको थियो भने संचालन ख्रिन्द्र अधिकारीले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।