धनकुटामा ५० हजार ३ सय गाँजाका बोट फडानी गरी जलाई नष्ट
धनकुटा । धनकुटाको विभिन्न स्थानमा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोट नष्ट गरिएको छ ।
इलाका प्रहरी कार्यालय छिन्ताङ , इलाका प्रहरी कार्यालय भेडेटार , प्रहरी चौकी आँखिसल्ला , प्रहरी चौकी त्रिवेणी , प्रहरी चौकी हिले धनकुटाबाट खटिएको प्रहरी टोलिले जिल्लाको पाख्रीबास नगरपालिका वडा नं. १०, सहिदभूमि गाउँपालिका वडा नं.-१,६ र साँगुरीगढी गाउँपालिका वडा नं.१० को विभिन्न स्थानहरुवाट अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका अन्दाजी ६३ रोपनी क्षेत्रफल बाट ५० हजार ३ सय गाँजाका बोट फडानी गरी जलाई नष्ट गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अर्न्तगत गाँजाका बोट नष्ट गर्ने अभियान अनुसार आज उक्त गांजा नष्ट गरिएको प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


