पाख्रीवास ८ का दुई विद्यालयलाई वडाको तर्फबाट स्मार्ट टिभी तथा विद्यार्थीहरुका लागि न्यानो कपडा प्रदान
शर्मिला राई,धनकुटा । पाख्रीवास नगरपालिका वडा नं ८ काे दुई विद्यालयलाई वडाकाे तर्फबाट स्मार्ट टिभी तथा विद्यार्थीहरुका लागि न्यानाे कपडा प्रदान गरिएकाे छ ।
वुधवार साे वडाकाे श्री सरस्वती मावि घामे र महेन्द्र आधारभुत विद्यालय काभ्रेलाई ती सामाग्रीहरु वितरण गरेकाे हाे ।
वालवालिकाकाे शिक्षामा सुधार एवं बसाइसराइ रोकथामका लागि समेत यसले सहयाेग पुग्ने अपेक्षा गरिएकाे ८ नं वडाध्यक्ष गजेन्द्र राईले बताउनु भयाे । वडाकाे आ.व २०८१/८२ काे २ लाख वजेट मार्फत वडाकाे सबै सामुदायिक विद्यालयहरुलाई उल्लेखित सामाग्री वितरण गरिने वडाध्यक्ष राईले वताउनु भएकाे छ ।
सामाग्री वितरण कार्यक्रममा नगर प्रमुख ज्ञन बहादुर गुरुङ ,प्रमुखप्रशासकिय अधिकृत पुरुषुतम ढकाल ,शिक्षा शाखा प्रमुख गुणराज ढकाल वडा सदस्यहरु बिद्यलय व्यवस्थापन समितीका अध्यक्ष लाल बहादुर गिरि ,नर बहादुर राई र विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति थियाे । कार्यक्रमकाे सन्चालन वडा सचिब हिरामान राइले गर्नु भको थियो। ८ नं वडामा ४ वटा सामुदायिक विद्यालयहरुहेका छन् ।




